चितवन । नेपाल मगर साँस्कृतिक संघ जिल्ला समिति चितवनले प्रथम मौलिक कौराहा प्रतियोगिता गर्ने भएको छ। ‘भाषा, लिपि, कला, सँस्कृति तथा साहित्य रहे मात्र जातियताको अस्तित्व रहन्छ, जातियताको अस्तित्व रहे राष्ट्रको अस्तित्व रहन्छ’ भन्ने मुल नारासहित लोप हुन लागेको मगर समुदायको कौराहा (कानराहा)संगै भाषा, भेषभुषालाई संरक्षण गर्ने उद्देश्यको साथ सो प्रतियोगिता गर्न लागेको संस्थाका अध्यक्ष प्रेम कुमारी आलेमगरको भनाइ छ ।
कौराह प्रतियोगिता यहीँ पुस २३ गते शनिबारका दिन विपि मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा हुने भएको छ। प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्नका लागि १० उपसमिति गठन गरिएको छ । सो प्रतियोगिता प्रथम, द्वितिय र तृतीयले क्रमशः २५ हजार, १५ हजार र १० हजार प्राप्त गर्ने छन् भने टिम दर्ता शुल्क २ हजार रुपैयाँ राखिएको संस्थाका उपाध्यक्ष एवं कोषाध्यक्ष रमेश रानामगरले जानकारी दिए।











