आज २०७९ साल पुस १७ गते आइतवार, तदनुसार सन् २०२३ जनवरी १ तारिख । आज अंग्रेजी नयाँ वर्षको पहिलो दिन नेपालमा पनि हर्षाेल्लासका साथ मनाइएको छ । विभिन्न राशि भएका व्यक्तिहरुको राशिफल यस्तो रहेको छ ।
मेष – आज अवसर आउनाले मन प्रसन्न रहने र सफल यात्रा हुनेछ । सामाजिक काममा सफलता प्राप्त हुनेछ, तर चोटपटकको भय छ ।
वृष – मनमा निरासता आउन सकिनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । काममा बाधा आउनसक्छ, तर साँझमा मन प्रसन्न रहनेछ ।
मिथुन – आज आस्था बढेर जाने समय छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । शत्रु पनि क्षय हुन सक्छन् ।
कर्कट – आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर खानपिनमा भने ध्यान दिनुहोला ।
सिंह – आज आफन्तसँग भेटघाट हुने र सहयोग पाइनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।
कन्या – आज सानातिना समस्यामा अल्झनुपर्नेछ । वैदेशिक कार्यमा बाधा आउनेछ । प्रेममा मनमुटाव पनि आउन सक्छ, तर धन हात पर्न सक्छ ।
तुला – आज अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो र रोमाञ्चक यात्रा पनि होला ।
वृश्चिक – रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । शुभारम्भको चर्चा चल्नेछ । लाभदायक यात्रा हुनेछ र नयाँ कार्यको योजना बन्नेछ ।
धनु – आज इष्टमित्रसँग भेटघाट हुनेछ । काम विशेषले टाढिएका परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति भने सचेत रहनु पर्नेछ ।
मकर – स्वास्थ्यले साथ नदिन पनि सक्छ । खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । आज नयाँ काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन ।
कुम्भ – आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ ।
मीन – आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धर्मकर्म तथा समाजसेवामा मन पनि लाग्नेछ ।












