काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई खुमलटार पुगेर नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्। भट्टराई दम्पती आज बिहान प्रचण्डलाई बधाइ दिन उनको निवास खुमलटार पुगेका हुन्।
प्रचण्डसँगको भेटपछि डा भट्टराईले ट्विटरमा लेखेका छन्, ‘क प्रचण्ड तेस्रो कार्यकालका निम्ति देशको प्रधानमन्त्री बन्नु भएकोमा हार्दिक बधाई तथा पूर्ण सफलताको शुभकामना । क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धिहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौँ।’
मंसिर ४ को निर्वाचनमा भट्टराई नेतृत्वको समाजवादी र माओवादी केन्द्रले तालमेल गरेर चुनाव लडेको थियो।














