काठमाडौं । नेपालमा गत आर्थिक वर्ष २०८१/८२ मा ८१ करोडको कुरमुरे, कुरमुरे लेज र चिजबल आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस्ता सामग्री १५ लाख केजी आयात भएको हो ।
यसरी आयात हुँदा ८१ करोड ७८ लाख ७२ हजार रुपैयाँ लागत परेको छ भने सरकारलाई ५० करोड ९९ लाख भन्सार महसुल प्राप्त भएको छ।
नेपालमा सबैभन्दा धेरै भारतबाट ६० करोड ४७ लाख ६७ हजार रुपैयाँको आयात भएको छ ।











