चितवन । चितवनको खैरहनीमा बलेरोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
आज साँझ २०ः१५ बजेको समयमा खैरहनी नगरपालिका–१ शाहिचोकस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ च ६६१० नम्बरको बलेरोले बाटो क्रस गर्दै गरेको पैदल यात्रीलाई ठक्कर दिएको थियो ।
बलेरोको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ३२ वर्षीय एक पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्याय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । खनालका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।
प्रहरीले बलेरो र बलेरो चालक खैरहनी–१० बस्ने वर्ष ३५ को बिरेन्द्र चौधरीलाई नियन्त्रणमा लिएको छ ।











