चितवन । चितवनमा विद्युतीय स्कुटर ‘याडिया’को पहिलो आधिकारीक शोरुम सञ्चालनमा आएको छ ।
याडिया ब्राण्डका विद्युतीय स्कुटर विक्री गर्ने उद्धेश्यले भरतपुर–१२ मा (केन्द्रीय बस टर्मिनल नजिक) आयाम मोटर्स सञ्चालन गरिएको हो । आयाम मोटर्सको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
मौद्रिक नीतिका कारण पछिल्लो समय स्वदेशमै लगानी गर्ने वातावरण बनेको श्रेष्ठले बताए । ‘देशले विस्तारै गति लिन थालेको महसुस गर्न थालेका छौँ । चितवनको अर्थतन्त्रलाई चलायमान बनाउन नयाँ लगानीहरुले सघाउने विश्वास लिएका छौँ’, उनले भने ।
चितवन चेम्बर अफ कमर्सका अध्यक्ष गोपाल भट्टराईले स्वदेशमै उद्यम गर्न चाहनेलाई सबैले सहयोग र सम्मान गर्नुपर्ने बताए । पछिल्लो समय विद्युतीय गाडीहरु बढी दुर्घटना हुने गरेको भनि आक्षेप लगाउने गरिएको भन्दै उनले विद्युतीय गाडी भएकै कारण दुर्घटना नहुने बताए । चालकको लापरबाहीका कारण दुर्घटना हुने उनले बताए ।
आयाम मोटर्सले याडिया ब्राण्डका विभिन्न पाँच वटा मोडलका स्कुटर ल्याएको छ । जसको मूल्य ९९ हजारदेखि दुई लाख ६० हजार रुपैयाँसम्म पर्ने आयाम मोटर्सका प्रबन्ध निर्देशक होमनाथ पौडेलले बताए । पछिल्लो समय विद्युतीय सवारी साधनमा ग्राहकको आकर्षण बढेकाले आफुहरुले विद्युतीय स्कुटरको व्यवसाय गर्न लागेको उनी बताउँछन् ।
याडिया ब्राण्डका स्कुटर नेपाल लगायत विभिन्न २८ वटा देशमा विक्री हुने उनले बताए । शोरुम उद्घाटनको अवसरमा साउन १० गतेसम्म स्कुटरको बीमा, नामसारी र नगद पाँच हजार रुपैयाँ छुट दिने उनले घोषणा गरे । उद्घाटन कार्यक्रममा आयाम मोटर्सकी सन्चालक शर्मिला सापकोटा, याडिया बिजनेश हेड अशोक अर्याल लगायत सहभागी थिए ।











