चितवन । जापानीज ढुंगामा पोलेको मासुको परिकार पस्कँदै आएको याप्पारी स्टेकले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा खानामा विशेष अफर ल्याएको छ ।
भरतपुर–१० स्याउली बजारमा रहेको याप्पारी स्टेकको पुरानो मेडिकल कलेज अगाडि पनि शाखा रहेको छ । असार २९, ३० र ३१ गते याप्पारी स्टेकको दुवै शाखामा आउनेले एउटा भौचर पाउने छन् ।
साउन १ गतेदेखि १५ गतेसम्म उक्त कुपन देखाएर ५० प्रतिशत छुटमा खाना खान पाइने याप्पारी स्टेकका सञ्चालक कृष्णमणी पौडेलले जानकारी दिए । याप्पारी स्टेकमा मुख्यतः ढुंगामा पोलेको मासुको स्वाद उपभोक्ताले अत्यधिक रुचाएको आइटम भित्र पर्छ ।
वार्षिकोत्सवको अवसरमा असार ३२ गते इच्छाकामनामा स्वास्थ्य शिविर गर्ने तयारी भइरहेको पौडेलले बताए । पुष्पाञ्जली अस्पतालको प्राविधिकको सहयोगमा स्वास्थ्य शिविर गर्न लागिएको हो । भरतपुरको चनौलीमा पनि याप्पारीको शाखा खोल्ने तयारी पनि भयरहेको उनले जानकारी दिए ।
उनका अनुसार हाल सञ्चालनमा रहेका दुई वटा शाखामा गरी करिब दुई करोड रुपैयाँको लगानी छ । नयाँ खोल्न लागिएको तेस्रो शाखामा करिब डेढ करोड रुपैयाँ लगानी रहने उनले बताए । १० वर्ष जापानमा बिताएका पौडेलले नेपाल आएर याप्पारी स्टेक सञ्चालन गरेका हुन् । उनले हाल १६ जनालाई नेपालमा नै रोजगारी दिइरहेका छन् ।
लगनशील भएर मेहनत गरियो भने नेपालमै पनि सम्भव रहेको उनी बताउँछन् । ‘ग्राहकको राम्रो प्रतिक्रिया आइरहेकाले नयाँ शाखा खोल्ने तयारी गरिएको हो । अहिलेसम्म घाटामा गएका छैनौँ । व्यवस्थामा टिकिरहन सक्ने अवस्था छ’, उनले भने ।











