काठमाडौं । रसुवामा हिजो आएको भीषण बाढीमा परेका मध्ये ९ जनाको मृत्यु भएको छ । अन्य १९ जना बेपत्ता रहेका छन्।
प्रहरी प्रधान कार्यालयले दिएको पछिल्लो विवरण अनुसार २ प्रहरी, ६ जना चिनिया नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन्।
यस्तै ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल, २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ।
धुन्चेदेखि टिमुरे जाने सडकसमेत अवरुद्ध रहेको, रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत भएको जनाइएको छ।










