चितवन । रसुवामा आएको बाढीले बगाएर बेपत्ता भएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनमा फेला परेको छ ।
श्रेष्ठको शव भरतपुर-२९ पन्ध्रकिलोस्थित त्रिशुली नदी किनारमा फेला परेको हो ।
प्रहरी चौकी हाकु रसुवा दरबन्दी भइ इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत रामेछाप लिखु तामाकोशी गाउँपालिका-४ बस्ने बर्ष ४२ को प्रसनि श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।
बायाँ खुट्टामा बुट र दाहिने खुट्टाको घुँडा देखि तलको भाग नभएको अवस्थामा शव फेला परेको हो ।











