काठमाडौँ । कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको खार्पुनाथस्थित चुवा खोलामा नवनिर्मित बेलीब्रिजको उद्घाटन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नवनिर्मित बेलीब्रिजको उद्घाटन गरेका हुन् ।
हुम्लाको चुवाखोला बेलीब्रिजको उद्घाटन कार्यक्रम बिहान ११ बजेका लागि तय गरिएको थियो। तर, सुर्खेतबाट हुम्ला जाने हवाई मार्ग, विशेष गरी कालिकोट खण्डको मौसममा सुधार नभएपछि प्रधानमन्त्रीको उडान ढिलो भएको थियो ।











