काठमाडौं । सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै वाग्मती प्रदेशसभाको आज बिहान ११ बजे हुने बैठकमा आगामी आर्थिक वर्षको बजेट छलफल प्रारम्भ हुँदैछ।
प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जबाफपछि खर्च कटौतीको प्रस्तावका लागि समय प्रदान गरिने कार्यसूची छ।
प्रदेश सरकारले आगामी आवका निम्ति रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट प्रस्तुत प्रस्ताव गरेको छ ।











