काठमाडौं । एसिसी मेन्स इस्ट जोन कप २०२५ अन्तर्गत सेमिफाइनलमा घरेलु टोली मलेसियाले नेपाललाई ९१ रनको लक्ष्य दिएको छ।
क्वालालम्पुरमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया ४३.१ ओभरमा ९० रनमा अलआउट भयो।
मलेसियाका लागि मुहमद फतुल मुहिनले ३८ रन बनाए। अन्तिम विकेटको रुपमा आउट हुनुअघि उनले ७१ बलमा ६ चौका र १ छक्का प्रहार गरे।











