काठमाडौँ । प्रतिनिधि सभाको बैठक भोलिसम्मको लागि स्थगित भएको छ ।
भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै अवरोध गरेपछि बैठक बस्न नपाउँदै स्थगित भएको हो ।
आजको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले बैठक अवरोध गरेका थिए । विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजेसम्मको लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।
यस अघि जेठ २० गतेदेखि संसदको बैठक अवरोध रहेको छ ।











