चितवन। नम्बर नखुलेको सेतो कारले ठक्कर दिँदा चितवनमा एक युवकको मृत्यु भएको छ ।
राप्ती नगरपालिका–५ हर्दीमा भण्डाराबाट खुरखुरे तर्फ जाँदै गरेको उक्त कारले बुधबार राती १२ बजेको समयमा पैदल यात्री अन्दाजी २२ वर्षीय युवकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार मृतक युवकको हालसम्मपनि पहिचान खुलेको छैन । गम्भीर घाइते अवस्थामा उपचारको लागी पुरानो मेडिकल कलेज पठाइएका उनको उपचारको क्रममा राती एक बजे मत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ठक्कर दिने कार र कार चालक भने फरार रहेकोले खोजी कार्य भइरहेको छ ।











