चितवन । भरतपुर–माडी सडकअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्र ध्रुवे हात्तीले मोटरसाइकल चालकमाथि आक्रमण गरेको छ । प्रारम्भिक जानकारी अनुसार मोटरसाइकल चालक सकुसल रहेका छन् भने मोटरसाइकलमा हात्तीले क्षति पु¥याएको छ ।
मोटरसाइकल चालकमाथि ध्रुवेले आक्रमण गरेपछि निकुञ्ज भित्र प्रवेश गर्न रोक लगाइएको छ । माडीबाट भरतपुरतर्फ आउँदै गरेका यात्रुहरु बनकट्टा पोष्टमा रोकिएका छन् भने भरतपुरबाट माडी जान लागेका यात्रुहरु कसरा पोष्टमा रोकिएका छन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ध्रुवेले मोटरसाइकल माथि आक्रमण गरेको जानकारी प्राप्त भएको बताए ।











