काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल र फाइनल खेल निशुल्क हेर्न पाइने भएको छ ।
मिडिया हब प्रालि र हिमालय टेलिभिजनबीच भएको सम्झौताको चार खेल निःशुल्क देखाउन सम्झौताअनुसार सेमिफाइनल र फाइनल खेल हेर्नका लागि पैसा तिर्नुनपर्ने भएको हो।
यसअघि ५६५ रूपैयाँ नतिरेका ग्राहकहरूले पनि यी तीन खेल हेर्न पाउनेछन्। टेलिभिजले यसअघिको ओपनिङ सेरेमोनी र पहिलो खेल पनि निःशुल्क देखाएको थियो।
सर्वोच्च अदालतमा रकम लिन रोक्नुपर्ने मागसहित दायर रिटको सुनुवाइ गर्दै प्रकाशकुमार ढुंगाना र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले चार खेल निशुःल्क देखाउने अवस्थामा मात्र पैसा उठाउन पाउने अन्तरिम आदेश दिएको थियो।
त्यसअघि अदालतले अल्लकालीन अन्तरिम आदेश दिएर भइरहेका सम्पूर्ण काम रोक्न भनेको थियो। तर ढुंगाना र शर्माको इजलासले विश्वकप फुटबल प्रसारण गर्न छुट्टै ५ सय रूपैयाँ तिरी टिभी च्यानलमार्फत फुटबल उपभोक्तालाई हेर्न पाउने कुरा नियमित नभई नितान्त स्वेच्छिक देखिने ठहर गरेको थियो।














