चितवन । पूर्वी चितवनको खैरहनीमा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा राजु प्रसाद सिलवाल निर्विरोध निर्वाचित भएका छन्।
गएको चैत ३० गते भएको वनको परिषद सदस्य निर्वाचनमा विजयी भएका उमेदवार बीचबाट वनको पदाधिकारी चयन गर्ने प्रक्रिया अनुरुप आज सिलवालको मात्र अध्यक्ष पदमा उम्मेद्बारी परेपछी उनी निर्विरोध निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा भिमसेन बहादुर थापा, सचिवमा सावित्री चौधरी र कोषाध्यक्षमा कालिका राय क्षेत्री निर्वाचित भए। सदस्यहरुमा नमराज न्यौपाने, गणेशलाल श्रेष्ठ, कविता महतो, राजन बर्तौला, मुनेश्वरलाल चौधरी, सिखा ओली दराई, सान्ता कँडेल, शशिकला न्यौपाने, सरस्वती चौधरी, सावित्री तमाङ्ग निर्वाचित भएका छन्। यस्तै लेखा समिति संयोजकमा सूर्य भुसाल र सदस्यहरुमा कविता उप्रेती र राजकुमार गौतम निर्वाचित भए।
अध्यक्षमा निर्वाचित भएपछी अध्यक्ष सिलवालले वनका सबै उपभोक्ताहरुले महसुस गर्ने गरि संरक्षण र उपभोक्तालाई जोडिने गरि आफुले काम गर्दै कुमरोजलाई पर्यटनको हब बनाउने बताए । २ हजार २१९ उपभोक्ता रहेको कुमरोज मध्यवर्ती सामुदायिक वन सफारी पर्यटनमा पर्यटकको रोजाईमा पर्दै आएको छ।










