काठमाडौं । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ । नेपालले बुधबार हङकङविरुद्ध नौ विकेटको सहज जित निकालेको हो ।
बुधबार मुलपानीस्थित तल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा हङकङले प्रस्तुत गरेको ११६ रनको लक्ष्य नेपालले १२.३ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो ।
नेपालको जितमा साहिल पटेलले अविजित ४२ रन बनाए । उनले ४१ बलमा आठ चौका प्रहार गरे । कप्तान नरेन भट्टले २३ बलमा आठ चौकासहित ३९ रन बनाए । निरज कुमार यादवले १२ बलमा चार चौकासहित २३ रन थपे ।
हङकङका सयान पुरीले एक विकेट लिए ।











