काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४८औँ दीक्षान्त समारोह आज हुँदै छ । पुल्चोक क्याम्पस, पुल्चोकको खेलमैदानमा त्रिविले दीक्षान्त समारोह आयोजना गर्ने भएको हो ।
दीक्षान्त समारोहमा सहभागीर्थी हुने विद्याले आ–आफ्नो गाउन, स्कार्फ र टोपी लगाएर बिहान १० बजेभित्र समारोह स्थलमा प्रवेश गर्नुपर्ने त्रिविले जनाएको छ।
दीक्षान्त मूलसमारोह समितिका सदस्यसचिव साधुराम अर्यालका अनुसार समारोहमा १० हजार तीन सय ९२ विद्यार्थी दीक्षित हुँदै छन् । २०७८ असार १ गतेदेखि २०७९ जेठ मसान्तभित्रसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी दीक्षान्त समारोहमा भाग लिन पाउने छन् ।
मंसिर १५ गतेदेखि गाउन,स्कार्फ र टोपी वितरण गर्न सुरु गरेको त्रिविले २२ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म वितरण गरेको थियो ।










