काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४८ औँ दीक्षान्त समारोह यही मंसिर २३ गते हुने भएको छ ।
पुल्चोक क्याम्पस, पुल्चोकको खेलमैदानमा त्रिविले दीक्षान्त समारोह आयोजना गर्ने भएको हो ।
दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीले आ–आफ्नो गाउन, स्कार्फ रटोपी लगाएर बिहान १० बजेभित्र समारोह स्थलमा प्रवेश गर्नुपर्ने त्रिविले जनाएको छ।
मंसिर १५ गतेदेखि गाउन,स्कार्फ र टोपी वितरण गर्न सुरु गरेको त्रिविले २२ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म वितरण गर्ने भएको छ ।
२२ गते विदाको दिन भएतापनि गाउन वितरण गरिने त्रिविले जानकारी दिएको छ ।











