काठमाडौं। पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । शाह आइतबार बेलुकी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्।
अस्पताल स्रोतले पारस आइतबार साँझ अस्पताल भर्ना भएको र अहिले उपचार जारी रहेको जानकारी दिएको छ । पारसलाई मुटुसम्बन्धी समस्या देखिएको बुझिएको छ ।
अहिले पारसको अवस्था सुधारोन्मुख रहेको बताइएको छ। पारसलाई योसहित चौथोपटक हृदयाघात भएको हो।










