आज २०७९ साल मंसिर ११ गते आइतवार, तदनुसार सन् २०२२ नोभेम्बर २७ तारिख । विभिन्न राशि भएका व्यक्तिहरुको आजको राशिफल यस्तो रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज भेटघाट र मनोरञ्जनमा सहभागिता भइएला । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज प्रिय व्यक्तिसँग भेटघाट होला । धैर्य गरि मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । आर्थिक पक्ष र शेयर बजारबाट राम्रै सफलता मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ वस्त्र या अलङ्कारको प्राप्ति हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । शैक्षिक पक्ष कमजोर हुनेछ, तर सन्तान तथा परिवारमा मेलमिलाप भने राम्रै हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ । प्रेम र दाम्पत्य जीवन पनि सुखमय हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आत्मिक सन्तुष्टि मिल्नेछ । विद्यामा सफलता पाइएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।









