चितवन । चितवन क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता विक्रम पाण्डे निर्वाचित हुने निश्चित भइसकेको छ । यस क्षेत्रमा अब गन्न बाँकी मत भन्दा पाण्डेले लिएको अग्रता धेरै छ ।
निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ३ का अनुसार मंसिर ४ गते भएको निर्वाचनमा ९४ हजार २८० मत खसेको थियो । हालसम्म ८८ हजार २५४ मत गणना हुँदा राप्रपाका पाण्डे ८ हजार ९८१ मतले अगाडि छन् । अब ६ हजार २६ मत मात्रै गन्न बाँकी छ ।
उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका डा भोजराज अधिकारीले २३ हजार ७०३ मत पाएका छन् । अब गन्न बाँकी सबै मत अधिकारीलाई गएपनि उनलाई जित्न असम्भव छ । तेस्रो स्थानमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार ५०९ मत पाएकी छन् । स्वतन्त्र उमेदवारी दिएका दिनेश कोइराला (माछा)ले ११ हजार २७७ मत पाएका छन् ।










