चितवन । चितवनमा प्रदेश सभा क्षेत्रमा राप्रपाले पनि पहिलो जित निकालेको छ । नेपाली कांग्रेसको गढ मानिने क्षेत्रमा राप्रपाले जित हात पारेको हो ।
चितवन प्रदेश सभा क्षेत्र नं ३ (क)मा राप्रपाका गिरबहादुर तामाङ २ हजार ८५७ मतान्तरले निर्वाचित भएका छन् । यस क्षेत्रको जम्मा ५० हजार २१२ मत गणना गर्दा तामाङले १७ हजार ८१३ मत प्राप्त गरे ।
उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्राडा सूर्यकान्त घिमिरेले १४ हजार ९५६ मत मात्रै प्राप्त गरे । गठबन्धनका तर्फबाट उमेदवारी दिएका कांग्रेसका घिमिरेले गठबन्धन दलकै भोट पाएनन् ।











