चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको समानुपातिकतर्फ एक लाख एक हजार ७०३ मत प्राप्त गरेको छ । समानुपातिक भोट सबैभन्दा धेरै पाउनेमा नेकपा एमाले रहेको छ भने कांग्रेस दोस्रो र स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहेका छन् ।
एमालेले दुई लाख २१ हजार ६५३ मत प्राप्त गरेको छ भने कांग्रेसले एक लाख ९८ हजार ७६९ मत ल्याएको छ । चौँथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ९२ हजार १८४ मत प्राप्त गरेको छ ।












