आज २०७९ साल मंसिर ७ गते बुधवार, तदनुसार सन् २०२२ नोभेम्बर २३ तारिख । विभिन्न राशि भएका व्यक्तिहरुको राशिफल यस्तो रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्रबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । पुँजी बजारको साथ पाइनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रमाइलो यात्राको योग रहेको छ । सेवा र धर्मकर्ममा मन पनि लाग्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष पनि गर्नु पर्ला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज साथीको याद बढी आउनेछ । शिक्षामा सफलता मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार पनि आउनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) यात्रा गर्दा सचेत हुनुपर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । स्वास्थ्य प्रति भने सचेत रहनु पर्छ, तर साँझमा आर्थिक लाभ मिल्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।










