जुम्ला । जुम्लामा प्रतिनिधि सभाको मतगणना चलिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले दोब्बर बढी मतको अग्रता कायम गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १३ हजार १ सय २७ मत गन्दा ज्ञानेन्द्र शाहीले ६ हजार ९ सय ५७ मत ल्याएर अग्रता कायम गरेका छन् । उनका प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ३ हजार १ सय ९४ मत प्राप्त गरेका छन् । शाही र कुँवरबीच मतको अन्तर ३ हजार ७ सय ६३ रहेको छ ।
यसैगरी नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले १ हजार ६ सय ८८ र नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ४ सय ६ सय मत ल्याएका छन् ।











