चितवन । भरतपुर महानगरपालिका–२४ लक्ष्मण चोकमा बलेरो, स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
आज दिउँसो ११ः४० बजेको समयमा प्र३–०१–०२४ च ४९९३ नम्बरको बलेरो, बागमती प्रदेश०३–००१ प ३६५६ नम्बरको मोटरसाइकल र प्रदेश३–०३–००१ प ८८८२ नम्बरको स्कुटर आपसमा ठोक्किएका थिए ।
स्कुटरमा सवार इच्छाकामना गाउँपालिका–५ दारेचोक बस्ने ३७ वर्षीय राम कुमारी गुरुङको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा दिउँसो १२ः०५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
स्कुटर चालक इच्छाकामना–५ दारेचोक बस्ने बर्ष ३१ को सोजन शेरचन गम्भिर र मोटरसाइकल चालक भरतपुर–२४ बस्ने बर्ष ३१ को हरिशरण थापा मगर मध्यम घाइते भएको उनले बताए । घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बलेरो चालक नवलपरासी गैंडाकोट नगरपालिका–४ बस्ने बर्ष ३४ को राम खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










