काठमाण्डौ । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्णराज विष्ट र नेकपा एकिकृत समाजवादीकी रामकुमारी झाँक्रीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार विस्ट ७० मतान्तरले झाँक्रीभन्दा अघि छन् ।
अहिलेसम्म १४ सय २५ मतगणना हुँदा एमालेका विष्टले ६ सय ७२ मत पाएका छन् । एकीकृत समाजवादीकी झाँक्रीले ६ सय २ मत पाएकी छन् ।











