चितवन । चितवनका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । प्रारम्भिक मतपरिणाम अनुसार चितवन क्षेत्र नं १ मा कांग्रेस र क्षेत्र नं २ मा एमालेका उमेदवार अगाडि छन् भने क्षेत्र नं ३ मा कांग्रेसबाट कारबाही भोगेका दिनेश कोइराला अगाडि छन् ।
क्षेत्र नं १ मा तीन हजार मत गन्दा कांग्रेसका डा विश्व पौडेलले १०६७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकालले ९४४ र एमालेका सुरेन्द्र पाण्डेले ७३३ मत ल्याएका छन् ।
क्षेत्र नं २ मा एमालेका कृष्णभक्त पोखरेलले ६८१, स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले १६४ र उमेश श्रेष्ठले ५२५ मत ल्याएका छन् ।
क्षेत्र नं ३ मा ११५५ मत गन्दा माओवादी केन्द्रका डा भोजराज अधिकारीले २५६, राप्रपाका विक्रम पाण्डेले २६५, स्वतन्त्र उमेदवार दिनेश कोइरालाले २९६ र स्वतन्त्र पार्टीकी जिता बरालले २४६ मत ल्याएकी छन् ।











