चितवन । आइतबार हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चितवन कारागारमा रहेका १०१ कैदीबन्दीले पनि मतदान गर्न पाउने भएका छन् । उनीहरुले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने छन् ।
मतदाताको अन्तिम नामावलीमा नाम रहेका ९७ पुरुष र ४ महिला गरी १०१ कैदीबन्दीलाई मतदान गर्न मिल्ने गरी कारागारभित्रै अस्थायी मतदान केन्द्र बनाइने चितवन कारागारका प्रमुख जेलर कमल काफ्लेले जानकारी दिए ।
कारागारमा हाल ७९३ जना कैदीबन्दी छन् । कारागारको मुख्य गेटभित्र रहनेगरी बन्दीगृह अगाडि मतदान गर्ने व्यवस्था मिलाइने बताए ।











