चितवन । चितवनको भरतपुरमा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उमेदवार उमेश श्रेष्ठको कार तोडफोड भएको छ ।
पुरानो मेडिकल कलेज अगाडी चुनावी प्रचारप्रसारमा हिँडेका श्रेष्ठको बा ३ च २०५० नम्बरको गाडी अज्ञात समूहले आज बिहान ११ बजेतिर तोडफोड गरेको हो ।
गाडी रोकेर भेटघाटमा रहेको बेला तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ ।
प्रहरीले गाडी तोडफोडमा संलग्नको पहिचान नखुलेको र उनीहरुको खोजी भइरहेको जनाएको छ ।











