आज २०७९ साल कार्तिक २७ गते आइतवार । तदनुसार सन् २०२२ नोभेम्बर १३ तारिख । विभिन्न राशि भएका व्यक्तिहरुको आजको राशिफल यस्तो रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पढाईको क्षेत्र कमजोर रहला । गरिरहेको काममा ढिलासुस्ती हुन सक्छ, तर शुभकार्यको चर्चा चल्नेछ प्रणयसम्बन्ध बढेर जाने समय पनि छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । तीर्थाटनको योग पनि छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।









