चितवन । चर्चित थारु मोडल नरेश चौधरीले रक्तदान गरेर चेपाङ विद्यार्थीलाई कापी कलम दिएर जन्मदिन मनाएका छन् । जन्मदिनको अवसरमा चौधरीले आइतबार रक्तसञ्चार केन्द्रमा पुगेर रक्तदान गरेका हुन् ।
त्यस्तै, रत्ननगर नगरपालिका–११ मंगलपुरमा रहेको गामवेशी चेपाङ संरक्षण केन्द्रमा पुगेर चौधरीले १५० चेपाङ विद्यार्थीलाई कापी र कलम वितरण गरेका हुन् ।
जन्मदिनमा अनावश्यक कुरामा खर्चिनुभन्दा विपन्न बालबालिकालाई आवश्यक सामाग्री वितरण गर्दा खुसी मिलेको चौधरीले बताए ।
थारु गितहरुमा मोडलिङ गरेर नयाँ उचाई बनाएका चौधरीले आफ्नो जन्मदिनमा पुण्य मिल्ने काम गरेको होटल ह्याप्पी होमका सञ्चालक कृष्ण महतोले बताए । थारु गित संगितको संरक्षण र प्रबद्र्धनमा सहयोग गर्दै आएका महतोले कलाकारहरुले गरेको काम अरुले पनि सिक्ने भएकाले कलाकारले सँधै समाजलाई सहि मार्गनिर्देश गर्ने खालका काम गर्नुपर्ने बताए ।
मोडल नरेश चौधरीले पछिल्लो समय थारु गित संगितलाई नै नयाँ उचाईमा पु¥याउन योगदान गरेका छन् । उनले मोडलिङ गरेको ‘सजन मोर’ गितले युट्युबमा ८ करोड बढी भ्युज पाएको छ । उनले अरु थुप्रै थारु गितमा मोडलिङ गरिसकेका छन् ।