चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ‘लाइभ डिबेड’ गर्न तयार रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै ओलीले देउवालाई खुल्ला चुनौती दिएका हुन् । धेरैले आफू र देउवाबीच एजेण्डा आधारित बहसका लागी सुझाव दिएकोले आफू त्यसको लागि तयार रहेको उनले स्पष्ट पारेका छन् ।
निर्वाचनको समयका पश्चिमा देहशरुमा यस्तो डिबेट हुुने गरेको भन्दै उनी लेख्छन्, ‘म त यसका लागी तयार छु, देउवाजी नि?’











