काठमाडौँ। अहिले नेपालमा परेको पश्चिमी वायुको आंशिक प्रभावले देशभरि नै मौसम आंशिकदेखि सामान्य बदली भएको छ।
मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमवार) राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्य वर्षाको सम्भावना रहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। मंगलवार पनि आंशिक बदलीको सम्भावना रहेको छ।
पहाडी १/२ स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ। देशका अधिकांश भूभागमा बादल लाग्ने भएकाले चिसो अझ बढ्ने महाशाखाले जनाएको छ। अहिले तराईमा हुस्सु तथा कुहिरो लागेकाले चिसो बढेको महाशाखाले जनाएको छ।











