चितवन । गत मंसिर ६ गते भरतपुर महानगरपालिका– १२ मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्गको गोन्द्राङ केन्द्रीय बस टर्मिनल (बसपार्क) सडकखण्डको केरुंगा घोल (खोला)को कल्भर्टमुनि जुटको बोराभित्र मृत भेटिएका शवको अहिलेसम्म पनि सनाखत हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय चितवनले सनाखतका लागि मृतकको स्केच सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन नसकेको हो।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ‘डिजिटल मेनुप्लेट इमेज’ सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन सकेको छैन।
अन्दाजी २५ वर्षको पुरुष र ३० वर्षकी महिलाको शव भेटिएपछि प्रहरीले सनाखत गर्न लागेको हो। शवको सनाखत नहुँदा घटनाको अनुसन्धानमा समेत समस्या परेको उनले बताए। उनले भने, ‘सनाखत नहुँदा घटनाको दोषीसम्म पुग्न कठिन भएको छ।’











