चितवन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्य क्षेत्र सुधारको लागि आफु मन्त्री बनेको बताएका छन् । धादिङ अस्पतालको ४७औं वार्षिकोत्सवमा बोल्दै मन्त्री जोशीले आम जनताले देख्ने गरी काम गर्ने बताए ।
‘नराम्रो कुराको निर्णय कुनै गर्ने छैन । काम गर्नको लागि बनेको हो, के–के सहयोग गर्नु पर्छ गर्ने छु’, उनले भने । उपचार नपाएर गरिबहरुले ज्यान गुमाउनु परेको समाचार आउन नदिनेगरी काम गरिरहेको भन्दै उनले प्रदेश सरकार आम नागरिकको गुनासो सुन्नमा केन्द्रित भएको बताए ।
सिमित स्रोत र साधनको बाबजुत सामाजिक सञ्जालमा आएका नकरात्मक कुरालाई चिर्नेगरी काम गर्नुपर्ने भएको उनले बताए ।











