काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती ढिलो, चाँडो कानूनी दायरामा आउने बताएकी छिन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानूनी दायरामा आउने बताएकी हुन्। उनले गणतन्त्रमा कानून भन्दा माथि कोही पनि हुन नसक्ने बताइन्।
उनले गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई नरहेको बताइन्। उनले गणतन्त्रलाई स्थापित गर्न आवश्यक रहेको स्पष्ट पारिन्।
सञ्चारमाध्यमले सुदृढिकरणका लागि नेतृत्वबाट हुने कमी कमजोरीको भारी व्यवस्थालाई बोकाउनु नहुने उल्लेख गरिन्।











