चितवन । भरतपुर महानगरपालिकाको केहि ठाउँमा आज बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार क्यान्सर अस्पताल, अस्पताल आसपासको क्षेत्र, बुद्धचोक, बिशालचोक, कटहरचोक, त्रिचोक एरिया र सनराईज स्कुल आसपासमा विजुली अवरुद्ध हुने छ ।
हाकिमचोक–गितानगर सडक विस्तारका लागि हाकिम चोकदेखि बुद्धाचोक सम्मको सडक मापदण्डभित्र परेका विजुलीका पोल आज स्थानान्तरण गरिँदै छ । पोल स्थानान्तरणका क्रममा ११ केभी भरतपुर १ र हस्पिटल फिडर बन्द हुने भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले बताए ।











