चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायव निरीक्षक राजन बहादुर खड्का ‘महिनाको उत्कृष्ट प्रहरी’बाट सम्मानित भएका छन् । उत्कृष्ट काम गर्ने प्रहरीलाई जिप्रका चितवनले ‘बेस्ट पुलिस अफ द मन्थ’बाट सम्मान गर्दै आएको छ ।
प्रहरी चौरी भिष्वा पर्सामा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत खड्काले कर्तव्य ज्यान मुद्धाका फरार तीन प्रतिवादी र डकैती र ज्यानमार्ने उद्योगका फरार एक प्रतिवादीलाई पक्राउ गर्न सफल भएको चितवन प्रहरी प्रमुख एवम् एसपी नवराज अधिकारीले जानकारी दिए ।
त्यस्तै, भरतपुर–४ स्थित नारायणी मनि ट्रान्सफरको कर्मचारीलाई मारिदिनेसमेतको डरत्रास देखाई मनि ट्रान्सफरको काउन्टरबाट दुई लाख चार हजार २५० रुपैयाँ लिएर भाग्ने प्रतिवादीलाई खड्काले पक्राउ गरेका थिए । विभिन्न समयमा हराएका ४३ वटा मोबाइल फेलापारी उनले सम्बन्धित मोबाइधनीलाई पनि बुझाएका थिए ।
आफुलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको भन्दै खड्कालाई सम्मान गरिएको एसपी अधिकारीले बताए ।











