तनहुँ । काश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानको प्रथम साधारण सभा, पुस्तक विमोचन तथा दशैं तिहार शुभकामना कार्यक्रम सम्पन्न भएको छ । समाजसेवी प्राडा जगदीश बैद्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता नेपालहरि रानाभाटले गरेका थिए ।
प्राडा बैद्यले काश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानद्वारा प्रकाशित रानाभाट तथा भाट समुदायको उत्पत्ति र विकास तथा काश्यप गोत्रीय वंशावली शिर्षकको पुस्तक विमोचन गरे । शास्त्रगत मान्यतालाई शिरोपर गर्दै पितृपक्षको पावन अवसरमा प्रतिष्ठानले आफन्तविहिन वेवारिसे शवहरूको दाहसंस्कारको लागि अक्षयकोष स्थापना गरेको छ ।









