काठमाडौं । त्रिदेशीय शृङ्खलामा आज नेपाल र हङकङ भिड्दैछन्। नेपाल लगातार दोस्रो जितको खोजीमा हुँदा हङकङको यो पहिलो खेल हो। यसअघि नेपालले पहिलो खेलमा बुधबार युनाइटेड अरब इमिरेट्स यूएईलाई सात विकेटले पराजित गरेको थियो।
टी–२०विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ सहभागी छन प्रतिस्पर्धा गरिरहेका छन्। मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ।
नेपालले तेस्रो खेल कार्तिक ४ गते हङकङसँग नै खेल्नेछ। त्यसपछि नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ। यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।
लिग चरणका सबै खेल मुलपानी हुनेछ। फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कार्तिक १० गते हुनेछ।











