चितवन । आज भरतपुर महानगरपालिकाका २९ वटै वडा कार्यालयहरु बन्द गरिएको छ । महानगरको १३औँ नगरसभाका कारण वडा कार्यालयहरु बन्द गरिएको हो । महानगरपालिकाको कार्यालयबाट दिइने अत्यावश्यक बाहेकका सेवाहरु पनि प्रभावित हुने महानगरपालिकाले जनाएको छ ।
महानगरको नगरसभा आज सम्पन्न हुँदै छ । ‘मंगलबारका दिन नगर कार्यपालिकाको कार्यालयबाट सम्पादन हुने अत्यावश्यक बाहेकका सेवा प्रभावित हुने र वडा कार्यालयहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि आदेशानुसार सूचना प्रकाशित गरिएको छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौँ’, महानगरको सूचनामा भनिएको छ ।











