भरतपुर । चितवनको क्षेत्र नम्बर २ मा दुई जना स्वतन्त्र उमेदवारले उमेदवारी फिर्ता लिएका छन् ।
स्वतन्त्र उम्मेदवार चक्रपाणी न्यौपाने र सुदर्शन कंडेलले उमेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यससंगै अन्य २२ जना उम्मेदवारको उम्मेदवारी भने कायम भएको सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार उम्मेदवारी कायम रहनेमा विभिन्न दलका १२ र स्वतन्त्र उमेदवार १० जना रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उमेदवारको अन्तिम नामावली प्रकाशन गरि आजै उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।













