काठमाडौँ। कीर्तिपुर खेल मैदानमा तत्काल आधुनिक फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएका छन्।
विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका सम्पूर्ण खेलाडीलाई शुक्रवार प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाएर उनीहरूलाई बधाई दिँदै प्रधानमन्त्रीले विजेता खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने बताए।
उनले भने, ‘सम्पूर्ण विजेता खेलाडीलाई सरकारका तर्फबाट तीनरतीन लाख दिने घोषणा गर्छु। कीर्तिपुरमा फ्लड लाइट र स्कोर बोर्ड तत्काल फेर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिन्छु।’
प्रधानमन्त्री दाहालले चितवनमा बन्न लागेको अन्तरराष्ट्रियस्तरको क्रिकेट रंगशालाका समस्या समाधान गरी सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताए।