काठमाडौं। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईसँग भएको एकदिवसीय खेलमा नेपालले जित हासिल गरेसँगै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ ।
काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम खेलमा नेपालले यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
नेपालले आउने जुलाईमा हुने एकदिवशीय विश्वकप ग्लोवल क्वालिफायरका लागि छनोट भएको छ । यो प्रतियोगिता जिम्बावेमा हुनेछ ।
नेपालले एकदिवशीय अन्तर्राष्ट्रियमा लगातार छैटौं जित निकालेको हो । यो एकदिवशीय अन्तर्राष्ट्रियमा नेपालको लगातार जित कीर्तिमानसमेत हो । योसँगै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो । बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रनको लक्ष्य दिएको थियो ।