चितवन । देशव्यापी विस्तार यात्रालाई निरन्तरता दिँदै, जगदम्बा मोटर्स प्रालि अन्तर्गतको नेपालकै प्रिमियम इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन ईमासले आज चितवनको भरतपुरमा आफ्नो नयाँ शोरूम (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) औपचारिक रूपमा उद्घाटन गरेको छ ।
यो शुभारम्भले नेपालभर स्वच्छ र आधुनिक यातायात समाधान विस्तार गर्ने ब्रान्डको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ ।
उद्घाटन समारोहमा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । साथै चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे र उद्योगपति तथा समाजसेवी बालगोपाल चुके विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा प्रोटोन ईमास ७ को प्रदर्शन र ग्राहकसँगको अन्तरक्रियात्मक सत्रसमेत आयोजना गरिएको थियो । इमास ७ प्रिमियमको मूल्य ६७ लाख ९९ हजार र इमास ७ प्राइमको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
नयाँ शोरूमले एकै स्थानमा विक्री, सेवा र वास्तविक स्पेयर पार्ट्स सहितको पूर्ण इलेक्ट्रिक वाहन स्वामित्वसहितको अनुभव प्रदान गर्ने कम्पनिले जनाएको छ । यसले प्रोटोन ईमासको नेपालका ग्राहकहरूलाई सहज, भरपर्दो र सन्तोषजनक विद्युतीय यातायात समाधान उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले भने, ‘यो शोरूम हाम्रो प्रयासको परिणाम हो, जसले आधुनिक ईभी प्रविधि र विश्वसनीय सेवालाई ग्राहकको नजिक ल्याउँछ । चितवनको तीव्र विकसित शहरी परिवेश र वातावरणप्रति सचेत ग्राहकहरूले यो स्थानलाई विद्युतीय यातायातको केन्द्र बनाउने विश्वास हामीले लिएका छौं ।’
भरतपुर शाखा थपिएसँगै प्रोटोन ईमासले नवप्रवर्तन, विश्वसनीयता र दिगो यातायातका वचनलाई पुरा गर्दै नेपालभर आफ्नो सञ्जाललाई अझ सुदृढ बनाएको छ । ब्रान्डले हरेक ग्राहकले विश्वस्तरीय ईभी स्वामित्वको अनुभव दिने लक्ष्यका साथ विद्युतीय यात्राको भविष्य निर्माण गर्ने आफ्नो प्रतिबद्धता जारी राखेको छ ।












