भरतपुर । शैक्षिक परामर्शदाता संस्था स्टुडेण्ड वर्ल्डले उच्च शिक्षाका लागि अष्ट्रेलिया र न्युजिल्याण्ड जान चाहने विद्यार्थीलाई लक्षित गरी भोलि (शुक्रबार) एजुकेशन फेयर गर्दै छ ।
स्टुडेण्ड वर्ल्डले भरतपुर–१० रिजाल चोकस्थित आफ्नै भवनमा एजुकेशन फेयर गर्न लागेको हो । फेयर बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म चल्नेछ ।
फेयरको लागि अप एजुकेशनका साउथ एसिया रिजनल म्यानेजर सविन कार्की आउने छन् । उनले अष्ट्रेलिया र न्युजिल्याण्डका गरी छ वटा युनिभरसिटीको बारेमा परामर्श दिने स्टुडेण्ड वर्ल्डका अपरेशन डिरेक्टर इन्जिनियर प्रविन कार्कीले जानकारी दिए ।
अप एजुकेशनसँग अष्ट्रेलियाको स्विनवर्न, युनिभरसिटी अफ तास्मानिया र चाल्र्स डार्विन युनिभरसिटी र न्युजिल्याण्डको एयुटी, भिक्टोरिया युनिभरसिटी अफ विलिङटन र युनिभरसिटी अफ अकल्याण्ड आबद्ध छन् । एजुकेशन फेयरमा भिसा प्रोसेसिङ, छात्रवृत्ति, युनिभरसिटीको गाइडलाइन लगायतका विषयमा परामर्श दिइने छ ।
दक्ष परामर्शदाताबाट शैक्षिक परामर्श दिँदै आएको स्टुडेण्ड वर्ल्डले आईएलटिएस÷पिटिई कक्षामा १०० प्रतिशतसम्म छुट दिँदै आएको छ । स्टुडेण्ड वर्ल्डले उच्च शिक्षाका लागि अष्ट्रेलिया, युके, न्युजिल्याण्ड, क्यानडा र युएसए जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको छ ।
रजिष्ट्रेशनको लागि लिङ्क : https://forms.gle/w7xFKQ5cjb3qRNKJ8












