भरतपुर । टिभिएस दुई पांग्रे सवारी साधनको चितवनको लागि आधिकारीक विक्रेता मालाश्री मोटर्सले टिभिएस स्ट्राइकर १२५ सार्वजनिक गरेको छ ।
सोमबार एक विशेष समारोहका बीच १२५ सिसिको टिभिएस स्ट्राइकर मोटरसाइकल सार्वजनिक गरिएको हो ।
मालाश्री मोटर्सका प्रबन्ध निर्देशक भिमसेन श्रेष्ठ र चलचित्र पत्रकार संघ चितवनका अध्यक्ष गोविन्द अर्यालले संयुक्त रुपमा मोटरसाइकहरु सार्वजनिक गरेका हुन् ।
टिभिएस स्ट्राइकर १२५ मोटरसाइकल पछिल्लो दुई वर्ष बजारमा आएको थिएन । बजारमा यसको माग बढेपछि पुनः बजारमा ल्याइएको हो । यो मोटरसाइकलमा स्टाइल र सुविधा दुवैलाई ध्यानमा राखिएको छ । मोटरसाइकलको माइलेज ६७ किमी प्रतिघण्टा रहेको छ ।
यसमा स्टाइलिस ड्युल–टोन फ्रेमसहितको क्लासमै उत्कृष्ट क्षमताको फ्युल ट्यांक, एलईडी व्याकलिट डिजिटल स्पिडोमिटर, इको स्मार्ट इन्जिन, २४० मिमि रोपेटल डिस्क ब्रेक र ट्युबलेस टायर र आरामदायी स्प्रिङ सस्पेन्सन रहेको मालाश्री मोटर्सका सञ्चालक सरोज अर्यालले जानकारी दिए ।
मोटरसाइकलमा १२४.५३ सिसि क्षमताको ४ स्ट्रोक, एअर कुल्ड, एसओएचसी, एसआई इन्जिन रहेको छ । मोटरसाइकल इलेक्ट्रिक र किक स्टार्ट दुवै विकल्पमा उपलब्ध छ । १४.५ लिटरको फ्युल ट्यांक, कास्ट एलो व्हील, फ्रन्टमा २४० एमएम र रियरमा १३० एमएम ड्रम ब्रेक राखिएको छ । मोटरसाइकलको अधिकतम गतिको क्षमता ९५ किलोमिटर प्रतिघण्टा रहेको छ ।
टिभिएस स्ट्राइकर १२५ रातो र निलो रङमा उपलब्ध रहेको अर्यालले बताए । यसको बजार मूल्य दुई लाख ४७ हजार ९०० रुपैयाँ रहेको छ । नेपालमा टिभिएस दुई पांग्रे सवारी साधनको आधिकारिक वितरक जगदम्बा मोटर्स रहेको छ । यसको १३७ भन्दा बढी डिलर र २०० भन्दा बढी सेवा र स्पेयर पार्ट्स स्टेशनहरु रहेका छन् ।














